विशेष अदालतमा प्रहरी नायव निरीक्षक विरुद्ध मुद्दा


काठमाडौँ,२५ पुस । सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाई दिए बापत सेवाग्राहीसँग १५ हजार घुस लिएको भन्दै प्रहरी नायव निरीक्षक कालीचरण पंजियारविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको भन्दै धनुषाको इलाका प्रहरी कार्यालय यज्ञभूमि (धारापानी) मा कार्यरत पंजियारविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।

तिपूर्ति दिलाइ दिएबापत घुस मागेको भन्ने सूचनाको आधारमा पंजियारलाई नियन्त्रणमा लिएर आयोगले अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा पंजियारले घुस लिएको तथ्य फेला परेकोले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको माग दाबीसहित शुक्रवार मुद्दा दायर गरिएको आयोगले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्