कोसी टप्पुमा चरा गणनाको तथ्याङ्क सुरु


सुनसरी, २५ पुस । कोसी टप्पु वन्यजन्तु आरक्ष र कोसी वर्ड सोसाइटीको आयोजनामा आजबाट चरा गणना सुरु भएको छ ।

आरक्षमा पाइने चराको यथार्थ तथ्याङ्क लिन चरा गणना सुरु भएको कोसी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले बताएका छन् ।

चरा गणनाका लागि माइनोकुलर, स्पोट्रिङग स्कोप, डेटा सिट, कम्पास, जिपिएसलगायतका उपकरण प्रयोग गर्ने , आरक्षमा चरा गणना गर्न सातदेखि १० दिनसम्म लाग्ने र तीन वटा क्षेत्र निर्धारण गरेर चरा गणना गर्न सुरु गरेको संरक्षण अधिकृत चौधरीले बताएका छन् ।

आरक्षमा घाँसे मैदान, सिमसार क्षेत्र र नदी तटीय क्षेत्रमा पाइने चराको गणना गरिने कार्यक्रम रहेको र आरक्षमा पहिलो चरणमा घाँसे मैदानमा देखिने चराको गणना गरिने, दोस्रो चरणमा सिमसार क्षेत्रमा पाइने र तेस्रो चरणमा नदी तटीय क्षेत्रमा पाइन चराको गणना गर्ने कार्यक्रम रहेको चौधरीले बताएका छन् ।

चरा गणनाका लागि सात जनाको टोली परिचालित भएको र आरक्षमा प्रत्येक वर्ष हिउँदे चरा गणना गर्ने गरेको चौधरीको भनाइ छ । आरक्षमा पछिल्लो तथ्याङ्कअनुसार ५२६ प्रजातिका चरा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्