तनहुँमा बस दुर्घटना दुई जनाको मृत्यु


दमौली , २५ पुस । तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा शुक्रवार बिहान ग१ख ६१७५ नंको बस दुर्घटना दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घिरिङ गाउँपालिका–१ बस्ने २० वर्षीया मुना थापा र घिरिङकै वडा नं ३ बस्ने ४२ वर्षीय नानीमाया गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले बताएका छन् ।

बस पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गर्दा घिरिङ गाउँपालिका(३ स्थित थानीमाइमा अनियन्त्रित भई सडकबाट तल खस्दा बसमा सवार दुईको मृत्यु भएको छ ।
दुर्घटनामा थापाको घटनास्थलमै र गुरुङको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १८ लाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्