प्रदेश ३ ले नाम बाग्मती र राजधानी हेटौडा राख्ने निर्णय


काठमाडौँ,२५ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकको निर्देशनअनुसार प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौडा राख्ने निर्णय गरेको छ ।

नेकपाको सचिवालयले नाम बाग्मती र राजधानी हेटौडा राख्न निर्देशन दिएतापनि असन्तुष्ट सांसदहरूले आफ्नो फरक मत दर्जा गरेका छन् । नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाँलले उहाँहरूले आफ्नो मान्यताहरू दर्ता गर्नुभएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्