राष्ट्रियसभा सदस्यको अन्तिम नामावली प्रकाशन गर्दे


काठमाडौँ, २५ पुस । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको आज (शुक्रवार) अन्तिम नामावली प्रकाशन गर्दै छ ।

आयोगको पूर्व निर्धारित तालिका अनुसार मनोनयन पत्र दर्ता गराएका उम्मेदवारका लागि नाम फिर्ता लिन हिजो अपराह्न ४ बजेसम्मको समय निर्धारण गरेको थियो । तर कसैले पनि नाम फिर्ता नलिएको आयोगले बताएको छ ।

आज बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिनको १ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगको कार्यालयले बताएको छ ।

राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको रहेकोले संविधानको धारा ८६ (३) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्