किशोरीलाई बलात्कार गर्ने गहतराज पक्राउ


पाँचथर, २५ पुस । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत गर्ने मिक्लाजुङ गाउँपालिका–४ का ५७ वर्षीय कृष्णबहादुर गहतराजलाई प्रहरीले पक्राउ गरेको छ ।

गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर ती गहतराजले आफूलाई मुख र हात समातेर बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् ।
गहतराजलाई पुस २१ गते करणीमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरी यौन दुर्व्यवहारमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थपिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताएका छन् ।

पीडित किशोरीको अहिले जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । विपन्न वर्गकी ती किशोरीले विभिन्न प्रलोभनमा पारेर मुद्दा मिलाउन आफूलाई दबाब दिइरहेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्