राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को राष्ट्रिय दिवसको माग


काठमाडौँ ,२४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले राष्ट्रिय दिवसको माग गरेका छन् ।

नेपालको एकीकरणमा पृथ्वीनारायण शाहले पुर्‍याएको योगदानको कदर गर्दै २९८ औँ पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय एकता दिवसको सान्दर्भिकताबारे अन्तरक्रिया कार्यक्रममा अध्यक्ष राणाले राष्ट्रिय दिवस मनाउन माग गरेका हुन् ।

मुलुकमा अहिले कुशासन चलेको भन्दै कर्तव्य पालना नगर्ने शासकहरुविरुद्ध एक जुट भएर अभियान थाल्नुपर्ने समेत बताएका छन् ।

अर्को अध्यक्ष प्रकाशचन्द्र लोहोनीले हिमाल, पहाड र तराई मधेसका जनता सबै सम्मानका साथ राज्यमा बस्न पाउनुपर्छ भन्ने अभियानको सुरुवात शाहले गरेको स्मरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्