गुन्डागर्दीमा संलग्न दुई जना पक्राउ


काठमाडौँ , २४ पुस । हातहतियार देखाएर धम्क्याइ त्रास फैलाएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बागलुङ ढोरपाटन नगरपालिका(६ घर भई काठमाडौँको ग्रिनल्याण्ड बस्ने देवेन्द्रबहादुर घर्तीमगर र धादिङ नीलकण्ठ घर भई काठमाडौँको नयाँ बजार बस्ने सुजन पौडेल रहेका छन् ।

अपराध महाशाखाको टोलीले उनीहरूलाई बुधवार राति नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा देवेन्द्रको गुन्डा नाइके रमेश बाहुनसँग कनेक्सन देखिएको महाशाखाका प्रमुख, एसएसपी सहकुल थापाले बताएका छन् ।

रमेश बाहुनसित मिलेर वरुण लामालाई गोली हानिएको घटनामा देवेन्द्रले ४ वर्ष जेल सजाय भोगेको महाशाखाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्