राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्तमा : महेन्द्रमान गुरुङ


काठमाडौँ ,२४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नव नियुक्त राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार शपथ लिएपछि नव नियुक्त प्रमुख आयुक्त गुरुङले प्रधानमन्त्री ओलीको उपस्थितिमा नवनियुक्त आयुक्तहरू रत्नप्रसाद (दीपक) मैनाली र कमला ओली थापालाई शपथग्रहण गराएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्