युक्रेनको बोइङ ७३७ विमान इरानमा दुर्घटना


काठमाडौँ, २३ पुस  /  युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त बनेको छ । इरानको मिडियाका अनुसार प्राविधिक समस्याका कारण इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको विमान दुर्घटनाग्रस्त बनेको हो ।

अन्तर्राष्ट्रिय सञ्चामध्यमकाले विमानमा १८० यात्रु र चालक दलका सदस्य रहेको बताएका छन् । फ्लाइट रडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै बेपत्ता भएको देखिएको छ । विमानका यात्रु र चालकहरूको अवस्था बारे भने थप विवरण सार्वजनिक भइसकेको छैन ।

इरानले इराकस्थित अमेरिकी सेनाको एयरबेसमा क्षेप्यास्त्र प्रहार गरेको केही घण्टा पछि विमान दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्