गृहमन्त्री रामबहादुर थापा चीन प्रस्थान


काठमाडौँ, २० पुस ।  गृहमन्त्री रामबहादुर थापा चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा ६ दिने चीन भ्रमणका क्रममा बिहान बेइजिङ प्रस्थान गरेका छन् ।

भ्रमणका क्रममा चीनका जनसुरक्षामन्त्री तथा उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले बताएका छन् ।

मन्त्री थापाको टोलीमा सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, गृह मन्त्रालयका प्रवक्ता, सहसचिव केदारनाथ शर्मा, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलगायत सहभागी रहेका छन् ।

टोलीले चीनको साङ्घाई र ल्हासाको भ्रमण गरेपछि पुस २५ गते गृहमन्त्री थापा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्