सुनको मूल्य हालसम्मकोनै उच्च


काठमाडौँ ,२० पुस । नेपाली सुन बजारमा आइतबार हालसम्मकै उच्च बिन्दुमा रहेको सुनको मूल्य ७५ हजार ५ सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७५ हजार ५ सय तोकेको छ । तेजाबी सुनको मूल्य सुनको प्रतितोला मूल्य ७५ हजार २ सय तोकिएको छ भने चाँदी प्रतितोला ९ सय रुपैयाँ पुगेको छ ।

गत शुक्रवार ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार एक हजार रुपैयाँले बढेको हो । यस्तै तेजाबी सुनको मूल्य पनि ७४ हजामर २ सयबाट एक हजार रुपैयाँले नै बढेर ७५ हजार २ सय रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्