प्रेस नेपालको समायोजन : अध्यक्षमा केशव अर्याल


काठमाडौँ, १९ पुस ।  नेपाल बौद्धिक पेसाकर्मी महासङघ र घटक सङ्गठनहरुको समायोजनबाट प्रेस नेपालको शनिवार घोषणा भएको छ ।

काठमाडौँमा भएको समाजवादी पार्टी निकट पत्रकारहरूको सङ्गठन प्रेस नेपालको केन्द्रीय समितिमा केशव अर्यालको अध्यक्षतामा ८७ सदस्यीय केन्द्रीय समितिको घोषणा गरेका छन् । केन्द्रीय समितिमा १५ सदस्यीय पदाधिकारी रहेको समितिमा उपाध्यक्ष ५, महासचिव १ , उपमहासचिव १, सचिव ६ र कोषाध्यक्ष १ जना रहेको छ ।

उपाध्यक्षहरूमा आतिस कुमार मिश्र , नाति काजी महर्जन , कमन देवान , प्रल्हाद पोख्रेल र मनोज ढोडारी , महासचिव विजय चाम्लिङ , उपमहासचिव देवेन्द्र खापुङ , सचिवहरू दीपेन्द्र रुम्दाली , मुकेश कुमार मिश्र , शाहीमान राई , योगेन्द्प्रताप शाही , विदुर ढुङगेल , उज्ज्वल पौडेल , कोषाध्यक्ष पासाङ शेर्पा सदस्याहरुमा अपरेन्द्र यादव , अशोक गुरुङ , उमेश दुवे, राजीव लामिछाने , राम योङहाङ , फिपराज बेघा , मुकेश यादव लगायत रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समायोजनको घोषणा गरेका छन् । प्रेस नेपालका अध्यक्ष अर्यालले भने प्रेस नेपालले राम्रो कार्यको समर्थन गर्दे र नराम्रो कामको भण्डाफोर गर्दे अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव ,वरिष्ठ नेता अशोक राई , सह अध्यक्ष राजेन्द्र श्रेष्ठ उपाध्यक्षहरू रकम चेम्जोङ , नवराज सुवेदी , हिसिला यमी केन्द्रीय नेताहरूको उपस्थिति रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्