राष्ट्रियसभाका निर्वाचनका लागि काँग्रेसले १४ उम्मेदवारहरू टुंगो लगाए


काठमाडौँ ,१९ पुस ।  राष्ट्रियसभाका निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले १४ उम्मेदवारहरूको टुंगो लगाएको छ ।

प्रदेश १मा दलितमा निरबहादुर विश्वकर्मा, महिलामा मिना पुलामी मगर र अन्यमा राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाइएको छ । । प्रदेश २ बाट महिलामा नगिना यादव र अल्पसङ्ख्यक र अपाङ्गताको कोटामा भोला पन्जियारले टिकट पाएका छन् ।

दलित र अन्य पदमा भने काँग्रेसले समाजवादी पार्टीलाई सघाउने बताएको छ । प्रदेश ३ मा महिलाबाट छलीकुमारी शर्मा उपाध्याय र अन्यमा हरिशरण श्रेष्ठले टिकट पाएका छन् ।

यस्तै गण्डकी प्रदेशबाट अन्यमा सूर्यप्रसाद रेग्मी र महिलामा विमला गौचन तथा प्रदेश ५ बाट अन्यमा बालकृष्ण पाण्डे, महिलामा गिरिजा न्यौपाने र अल्पसंख्यंक र अपांगता कोटामा मेराज हलवाई उम्मेदवार बनाइएको छ ।

कर्णाली प्रदेशमा महिलाबाट तुलसी देवकोटा र अन्यबाट प्रताप ठगुन्नालाई उम्मेदवार बनाउने निर्णय भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्