काठमाडौँ ,१९ पुस । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुन लागेकोमा दुई प्रतिपक्ष पार्टी नेपाली काँग्रेस र समाजवादी पार्टीबिच गठबन्धन भएको छ ।
प्रदेश नं २ को चार पदका लागि हुन लागेको निर्वाचनमा समाजवादी र कांंग्रेसबीच दुई दुई सिट लिने दिने गरी सहमति भएको छ । काँग्रेसले महिला र अल्पसङ्ख्यकको पदमा उम्मेदवार उठाउनेछन् भने समाजवादीले दलित र अन्य पदको उम्मेदवार उठाउनेछन् ।
राष्ट्रियसभा का नेकपा ८, काँग्रेसका ७, राजपाका २, समाजवादीका एक जना र सरकारबाट मनोनीत एक जनाको दुई वर्षे कार्यकाल फागुन २१ म सकिँन्दैछ । संविधानअनुसार सदस्य पद रित्त हुनु भन्दाअघि निर्वाचन भइसक्नुपर्छ ।
उक्त सहमति पत्रमा समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र काँग्रेस सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन् ।