काठमाडौँ ,१८ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि उम्मेदवार बनाएको छ ।
नेकपाको शुक्रवार बसेको सचिवालय बैठकले उम्मेदवारहरू टुंगो लगाएको छ ।
प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल उम्मेदवार छन् । प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान तथा प्रदेश ३ मा महिलामा गङ्गा बेलवासे र अन्यमा बेदुराम भुसाल छन् । गण्डकी प्रदेशमा अन्यबाट नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपाने उम्मेदवार भएका छन् ।
प्रदेश ५ मा महिलाबाट विमला घिमिरे र अपाङ्ग तथा अल्पसङ्ख्यकबाट जगप्रसाद शर्मा, अन्यबाट गोपाल भट्टराई, कर्णाली प्रदेशमा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा बिसी र सुदूरपश्चिम प्रदेशमा अन्यबाट तारामान स्वांर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रियसभा निर्वाचनकोलागि यही पुस २० गते उम्मेदवारी दर्ता गरी आगामी माघ ९ गते हुँदै छ ।