काठमाडौँ, १७ पुस । मन्त्रिपरिषद्को पुस १४ गते बसेको बैठकको निर्णय नियुक्तिदेखि विदेशी नागरिकलाई देश निकालासम्मका विभिन्न १४ निर्णय आज सार्वजनिक गरेको छ ।
१४ गतेको बैठकले ऋण असुली न्यायाधीकरणको रिक्त बैङ्किङ सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गरी ५ वर्षका लागि पुनः नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सिंहदरबारमा पत्रकार सम्मेलन गरी बताएका छन् ।
गैरकानुनी रूपमा नेपालमा बस्दै आएका इजिप्टका चार इजिप्सियन नागरिकलाई देश निकाला गर्ने, राष्ट्रिय मानवअधिकार आयोगको सिफारिसमा १३ जना व्यक्ति तथा परिवारलाई आर्थिक सहायताबापत १२ लाख उपलब्ध गराउने लगायतका १४ वटा निर्णय गरिएको छ ।
मन्त्रिपरिषद्को निर्णय सूची