राष्ट्रियसभाले सीमा समस्या समाधान गर्न सरकारलाई निर्देशन


काठमाडौँ, १७ पुस ।  सत्तारुढ दलका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक खिमलाल भट्टराई प्रस्तावक र प्रमुख विपक्षी नेपाली काङ्ग्रेसकी सरिता प्रसाईँ समर्थक रहेको संकल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

राष्ट्रियसभाले सीमा समस्या समाधानमा कूटनीतिक पहललाई सशक्त बनाउन र उच्चस्तरीय राजनीतिक पहल गर्न सरकारलाई निर्देशन दिएको छ ।

बैठकले यसमा सम्पूर्ण राजनीतिक दल र नेपाली जनताको अभूतपूर्व एकता कायम राख्न, नेपालको सम्पूर्ण सीमाहरूमा देखिएका समस्या समाधान राष्ट्रिय सहमतिका साथ गर्न र भारतसँगको सीमा समस्या निष्कर्षमा पुर्‍याउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्