प्रतिनिधिसभामा सीमा अतिक्रमणबारे संकल्प प्रस्ताव दर्ता


काठमाडौँ, १७ पुस ।  प्रतिनिधिसभा बैठकमा सत्तारुढ र प्रतिपक्ष दलका सांसदले कालापानी सीमा अतिक्रमणबारे संकल्प प्रस्ताव दर्ता गरिएको छ ।

दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रको सीमा विवादसम्बन्धी विषयमा नेपाल कम्युनिस्ट पार्टीका सांसद खिमलाल भट्टराईको प्रस्तावक र नेपाली काँग्रेसका सांसद सरिता प्रसाईँ समर्थक रहेको राष्ट्रिय संकल्प प्रस्ताव दर्ता भएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबारको बैठकमा बताएका छन् ।

सांसद भट्टराईले आजको संकल्प प्रस्ताव यसलाई हामीले राष्ट्रिय एकताका साथ निकास दिने हिसाबले अघि बढौँ भनेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकी प्रसाईँले त्यसको समर्थन गर्दै धारणा राखेकी थिइन् । ‘यो राष्ट्रिय मुद्दा भएकोले यसमा सबै एकजुट हुनुपर्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्