ताइवानका प्रधानसेनापतिको मृत्यु


ताइपेइ, १७ पुस ।  हेलिकोप्टर दुर्घटनामा परी ताइवानका प्रधानसेनापति सेन यी मिङ ज्यान गएको त्यहाँको रक्षा मन्त्रालयले बताएको छ ।

प्रधानसेनापति मिङसहित १३ जना सवार ब्ल्याक हक हेलिकोप्टरमा समस्या आएपछि बिहीबार उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण गरिएको थियो ।

दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।उनी उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न जाँदै थिए । रक्षा मन्त्रालयलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनी बेपत्ता भएको बताएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्