नेपाली काँग्रेसले सभामुख पाउनु पर्ने सभापति देउवाको दाबी


विराटनगर, १६ पुस ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख र उपसभामुख पाउनुपर्ने माग गर्दै बहुचर्चित एमसिसीलाई सरकारले पास गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले सरकारका प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले सभामुख र उपसभामुख पाउनुपर्ने धारण व्यक्त गरेका हुन ।

सभापति देउवाले पार्टीलाई बलियो एवं सुदृढ बनाउने र विधानलाई आफूले नमिचेको स्पष्ट पार्दै पार्टीको हरेक क्रियाकलापमा सहमति खोज्दै अगाडि बढिरहेको बताएका छन् । लामो समयदेखि नेतृत्वविहीन नेपाल विद्यार्थी सङ्घमा छिट्टै नेतृत्व ल्याउने धारणा पनि व्यक्त गरेका छन् ।

रिक्त रहेको सभामुख पदमा नेपाली काँग्रेसको दाबी रहेको बताउँदै सभामुख र उपसभामुख दुवै पद एउटै पार्टीलाई हुन नसक्ने सभापति देउवाले बताए । उनले सभामुख पद नेपाली काँग्रेसले पाउनु पर्ने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्