वीरगन्ज , १४ पुस । वीरगन्ज महानगरपालिकाको कार्यालयमा १५ हजार घुससहित एक जना कर्मचारी पक्राउ परेका छन् ।
कार्यालयको लेखा फाँटमा कम्प्युटर अपरेटरको रूपमा कार्यरत राकेशकुमार जयवाललाई अख्तियारको टोलीले कार्यकक्षबाटै नियन्त्रणमा लिएको छ ।
वीरगन्जमा अपरेसन चलाएको छौ तर थप विवरण आइनसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाका प्रमुख शिव काफ्लेले बताएका छन् ।