नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष सिपी गजुरेलसहित १५ जना रिहा


काठमाडौँ, १४ पुस । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलसहित १५ जना नेता–कार्यकर्ता आज (सोमबार) रिहाइ भएका छन् ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई सीमा विवाद समाधानका लागि ज्ञापनपत्र बुझाउन जाँदै गर्दा सिंहदरबार अगाडिबाट आइतबार पक्राउ परेका गजुरेलसहित उनको टोलीलाई आइतबार पक्राउ गरेर पुलिस क्लबमा राखिएको थियो । पक्राउ परेका केही सोही दिन छुटे का थिए ।

नेता गजुरेलले भने, ‘सीमा मिचियो, समाधान गर्नुस् भनेर ध्यानाकर्षण गराउन जाँदा समेत यो सरकारले नियन्त्रणमा लिएको छ । यो सरकार फाँसीवादतर्फ उन्मुख भएको सङ्केत भएको बताएका छन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग समय लिएर र गृहमन्त्री रामबहादुर थापा (बादल) लाई जानकारी गराएर सिंहदरबारभित्र जान खोज्दा पनि नियन्त्रणमा लिइनु सुनियोजित भएको गजुरेलले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्