नेवि संघले उपकुलपति बास्कोटाको कक्षमा तोडफोड


काठमाडौँ, १३ पुस ।  राजनीतिक नियुक्तिको आधारमा असक्षम व्यक्तिलाई रजिस्ट्रार नियुक्त गरेको भन्दै नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड गरेको छ ।

उपकुलपति बास्कोटाको सिफारिसमा गत शुक्रवार कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रजिस्ट्रारमा प्रा.डा. पेशल दाहाललाई नियुक्त गरेका थिए ।
अयोग्य व्यक्तिलाई रजिस्ट्रार नियुक्त गरेपछि बाध्य भएर विरोध गर्नुपरेको नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्