तमु ल्होसारको अवसरमा बेलबारी नगरपालिकामा सार्वजनिक बिदा


बेलबारी, १३ पुस / गुरुङ समुदायको महान् पर्व तमु ल्होसारमा बेलबारी नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । पुस १५ गते तमु ल्होसारको अवसरमा नगरपालिकाले बिदा दिएको हो ।

गुरुङ समुदायले देशव्यापी रूपमा सार्वजनिक बिदाको माग गर्दै आन्दोलन गरी रहेको बेला बेलबारीमा भने सार्वजनिक बिदा भएको छ ।

गुरुङ समुदायहरूको माग जायज रहेको बताउँदै, सम्मान सोरुप तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा गरेको बेलबारी नगरपालिका मेयर ज्ञानेन्द्र सुवेदीले जनाएका छन् ।

तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद्, मोरङ जिल्लाका अध्यक्ष मन कुमार गुरुङले बेलबारी नगरपालिकालाई गुरुङ समुदायको भावनाको सम्मान गरेर सार्वजनिक बिदा दिएकोमा बेलबारी नगरपालिकालाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्