प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौडा राख्ने नेकपाको निर्णय


काठमाडौँ , १३ पुस । नेकपा सचिवालय बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौडा कायम गर्ने प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिएको छ ।

प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ । यसअघि प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र बाग्मती कुन राख्ने भन्नेमा नेकपाकै सांसदहरूबिच कुरा नमिल्दा २ वर्षदेखि निर्णय हुन सकेको छैन । प्रदेश ३ सरकारका एक मन्त्रीले प्रदेशको नाम र राजधानी टुंगो लगाएको जानकारी प्राप्त भएको बताए ।

राजधानी पनि काभ्रे, भक्तपुर र हेटौडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरूबिच कुरा मिलेको थिएन । मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानी टुङ्ग्याउन पार्टीले निर्देशन दिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्