अरुको ज्योति बन्न कुलमानको आँखा दान गर्ने घोषणा


काठमाडौँ , १३ पुस । तिलगंगा आँखा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मृत्युपछि आँखा दान गर्ने घोषणा गरेका छन् ।

घिसिङले भने , यो सबैभन्दा पुण्यको काम हो ।’मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्धाञ्जली सभामा घिसिङले आँखा दानको घोषणा गरेका छन् ।

उनले बत्तीको उज्यालो देख्न पनि आँखाको आवश्यक पर्ने भन्दै आँखा नभई संसार देख्न नसकिने कुरालाई बिर्सिन नहुने बताएका छन् ।

कार्यक्रममा प्रा.डा तथा वरिष्ठ आँखा रोग विशेषज्ञ सन्दुक रुइतले मृत व्यक्तिको पुरै भाग झिक्ने नभई नानी मात्रै निकाल्ने गरिएको स्पष्ट गर्दै यसले धार्मिक तथा सांस्कृतिक रूपमा कुनै अप्ठेरो नपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्