नेकपाबाट सभामुख को बन्छ ?


काठमाडौँ , १० पुस । सत्तारुद्ध पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पूर्व एमाले र पूर्व माओवादीबिच सभामुख चयनमा विवाद देखिएको छ ।

वरिष्ठ नेताहरूले सचिवालय बैठकमा छलफल गरेर एउटै मत बनाउन नेतृत्वलाई दबाब दिएपनि अहिलेसम्म व्यक्ति तोकेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच छलफल भएको छैन ।

सभामुख कसलाई बनाउने भन्ने प्रस्ताव आफूले ल्याउन पाउनुपर्ने अडान राख्दै प्रतिनिधिसभाको सभामुख यसअघि नै तत्कालीन माओवादीको भागमा परेकाले प्रचण्डले अबको सभामुख पनि आफूले प्रस्ताव गर्ने बताएका छन् ।

सचिवालयमा प्रचण्डले व्यक्ति तोकेर छलफल नगरेकोले नेताहरूले भने दुई अध्यक्षबिच सहमति गरेर एउटै नाम ल्याउन सुझाव दिएका छन् । सम्भवतः नेकपा सचिवालय बैठक शुक्रवार बस्नेछ ।

स्रोतका अनुसार उहाँहरू आ(आफ्नै अडानमा हुनुहुन्छ । प्रचण्डले सभामुख मैले प्रस्ताव गर्ने हो यसमा ओलीजीले अप्ठेरो पार्दिनुभएन भन्ने आशय प्रकट गर्नुभएको छ । तर प्रधानमन्त्रीचाहिँ अबको संसद् झनै पेचिलो बन्ने भएकाले सुवास नेम्वाङलाई बनाउन चाहना रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्