इटहरीको एक घरमा आगलागी


इटहरी, ९ पुस ।  सुनसरीको इटहरीको हटिया लाइनमा आगलागी भएको छ । करिब बेलुकी ९ बजे तिर इटहरी ६ मा रहेको सम्पद चौधरीको घरमा आगलागी भएको हो ।

दमकलसँगै प्रहरी र स्थानीयहरूको सहयोगमा आगो नियन्त्रणमा आएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार ४ वटा दमकलले मात्र आगो नियन्त्रण गर्न सम्भव भएको हो । आगो नियन्त्रणको दुहबी,सुन्दहरैचा ,इटहरी र इनरुवाको दमकल प्रयोग भएको थियो ।

प्रहरीका अनुसार आगो नियन्त्रणमा आए पनि आगो कसरी, के कारण लागेको र के ती क्षति भएको छ भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्