समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता


काठमाडौँ, ९ पुस ।  समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् ।

समाजवादी पार्टी अब प्रतिपक्षमा रहेर संविधान परिमार्जन गर्ने संशोधन गर्ने र सबैको संविधान बनाउने कार्यमा लाग्ने र ‘समाजवादी पार्टीले नेकपाको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको बताएको छ ।

समाजवादीले समर्थन फिर्ता लिएपछि सरकारलाई संसद दुई तिहाइ बहुमतको समर्थन रहने छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन अस्वीकार गरेपछि सरकारमा बसिरहनुको औचित्य नभएको र प्रधानमन्त्रीले गठबन्धनको संस्कृतिलाई स्वीकार नगरेको, एकलौटी ढङ्गबाट अघि बढेकोले अध्यक्ष यादवले आरोप लगाएका छन् ।

आफूहरू संविधान संशोधन हुने आशामा सरकारमा बसिरहे पनि आफूले संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदा प्रधानमन्त्रीले अस्वीकार गरेपछि सरकारमा बसिरहनुको औचित्य सकिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्