राजधानीमा ७० भन्दा बढी विदेशी नागरिक पक्राउ


काठमाडौँ, ७ पुस । प्रहरीले काठमाडौँका विभिन्न स्थानमा ‘विशेष अपरेसन’ चलाउँदै ७० भन्दा बढी विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

भिजिट भिसामा नेपाल आई यहीँ कार्यालय खोलेर गैरकानुनी गतिविधि गरेको पाइएपछि विदेशी नागरिक पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले बताएको छ ।

‘विशेष अप्रेसन’ मार्फत बुढानीलकण्ठ, मनमैजु, बाँसबारीलगायत ठाउँबाट ७० भन्दा बढी विदेशी नागरिक पक्राउ गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेकामध्ये धेरै चिनियाँ नागरिक रहेका र गैरकानुनी धन्दाको विस्तृतबारे पछि जानकारी दिने परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले बताएका छन् ।

चिनियाँ नागरिक पछिल्लो समय बैङ्कको सिस्टम ह्याकिङ प्रकरणमा देखेपछि प्रहरीले उनीहरूको गतिविधिमाथि निगरानी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्