हवाई चाप धान्न निजगढ विमानस्थल अत्यावश्यक : मन्त्री भट्टराई


काठमाडौँ, ७ पुस । नेपाल भ्रमण वर्षका सन्दर्भमा बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थल अत्यावश्यक रहेका बताएका छन् ।

भैरहवा र पोखरा विमानस्थलले काठमाडौँको त्रिभुवन विमानस्थलले हवाई चाप धान्न नसक्ने भन्दै निजगढ विमानस्थल अत्यावश्यक रहेको बताएका छन् ।

सर्वोच्च अदालतले निजगढ विमानस्थलमा रुख नकाट्न अन्तरिम आदेश जारी गरेको भोलिपल्ट मन्त्री भट्टराईले सरकारले पर्यटन पूर्वाधारलाई प्राथमिकता राखेको भन्दै हवाई पूर्वाधारबिना पर्यटक आगमन बढाउन नसकिने भन्दै विमानस्थलको महत्त्व बारे बोलेका छन् ।

बैङ्क तथा वित्तीय संस्थाले शौचालय निर्माण, सरसफाइ जस्ता अभियानमा सहयोग गर्न आग्रह गदै बैङ्कर्स सङ्घका अध्यक्ष भुवन दाहालले सङ्घमा सल्लाह गरेर भ्रमण वर्षको सहभागिता सम्बन्धमा ठोस कार्यक्रम ल्याउन पर्यटन सचिव केदारबहादुर अधिकारी बताएका छन् ।

नेपाल भ्रमण वर्षबारे बुकलेट उपलब्ध हुनसके प्रवर्द्धनमा सहयोग गर्न सकिने मेगा बैङ्ककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले बताईन् ।

प्रतिक्रिया दिनुहोस्