राहत शिक्षकको सरकारले छुट्टै नीति ल्याउने : मन्त्री पोखरेल


ओखलढुङ्गा, ७ पुस । राहत शिक्षकको व्यवस्थापनका लागि सरकारले छुट्टै नीति ल्याउने तर स्वतः स्थायी नबनाउने भएका छन् ।

सरकारले आउँदो हिउँदे अधिवेशनबाट शिक्षासँग सम्बन्धित तीन वटा महत्त्वपूर्ण विधेयक पास गर्न लागेको र सलगतै राहत शिक्षकको व्यवस्थापनका लागिसमेत सरकारले छिट्टै नयाँ प्रक्रिया थालनी गर्ने भन्दै उनले लामो समय राहत शिक्षकको भूमिकामा रहेकालाई केही अवसरको सृजना गरेर व्यवस्थापन गरिने शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

नेकपा स्थायी कमिटी आमन्त्रित सदस्य पेशल खतिवडाका पिता मनोरथ खतिवडाको श्रद्धाञ्जलीसभामा मन्त्री पोखरेलले भने सामुदायिक विद्यालयमा धेरै प्रकारका शिक्षक हुनु नै अहिलेको शैक्षिक विकासको अर्को चुनौती देखियो । यसलाई हामी सुधार्न लागिरहेका छौँ ।’

मोलुङ गाउँपालिका–४ हर्कपुरमा आयोजित सभालाई सम्बोधन गर्दै देशैभरका विद्यालयमा शिक्षकको समायोजन गरेको बताउँदै अझै पनि देशभर ३९ हजार शिक्षक आवश्यकता रहेको र नेपाली समाजमा सांस्कृतिक क्रान्ति गर्नु जटिल विषय भएको मन्त्री पोखरेलले बताएका छन् ।

हिन्दु संस्कार नमान्ने भन्दै नेता पेशल खतिवडाले बुबाको काजकिरिया गरेनन् । हिन्दु संस्कारको विरुद्धमा विद्रोह गरेर स्व. खतिवडाका छोरा पेशल खतिवडाले सांस्कृतिक क्रान्तिको सुरुवात गरेको मन्त्री पोख्रेलले बताए ।

प्रतिक्रिया दिनुहोस्