जनकपुरधाम, ५ पुस । मिथिला नगरपालिका ६ ढल्केबरमा सेवाग्राहीसँग रु.१५ हजार घूस लिइरहेको अवस्थामा धनुषाबाट एक जना प्रहरी नायव निरीक्षक (सई) पक्राउ परेका छन् ।
दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु १५ हजार घूस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले प्रहरी चौकी यज्ञभूमीमा कार्यरत सई कालीचरण पंजियारलाई नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीसँग घूस लिइरहँदा रंगेहात समातिएको र थप अनुसन्धान भइरहेको अतियारले बताएको छ ।