नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक


काठमाडौँ, ५ पुस ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पुस २० गते केन्द्रीय समिति बैठक बोलाउने तय गरेको हो ।

तत्कालीन नेकपा एमाले र एकीकृत माओवादी केन्द्र मिलेर बनेको नेकपामा चार सय ४५ सदस्यीय केन्द्रीय समिति रहेका छन् ।

सचिवालय सदस्य बामदेव गौतमलाई उपाध्यक्ष बनाउने नेकपाको तयारी र केन्द्रीय समिति बैठकमा मुख्य एजेन्डा पेस हुने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्