प्रतिनिधि सभाको नयाँ सभामुखको चर्चा


काठमाडौँ, ४ पुस । स‌ंघीय संसदको हिउँदे अधिवेशन सुरु भएसँगै प्रतिनिधि सभाको नयाँ सभामुख चयनको प्रक्रिया आउँदो साताबाट मात्र सुरु हुने भएको छ ।

संसद भवन बानेश्वरमा शुक्रवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुख चयनको प्रक्रिया पुस ११ गते १ बजे बस्ने बैठकबाट सुरु गर्ने निर्णय गरेको छ ।

हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठक आज अपराह्न ४ बजे बस्दैछ । आजको बैठकमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने र पूर्व सांसदहरूको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।

अर्को बैठक पुस ११ गते बस्ने गरी निर्णय भएको समिति सदस्य समेत रहेका सांसद लक्ष्मणलाल कर्णले बताएका छन् ।

उपसभामुख शिवमाया तुम्बाहाम्फे सभामुख बन्नु स्वाभाविक प्रक्रिया रहेको दाबी गरिरहेकी छन् । तर, पछिल्लो समय तुम्बाहाम्फे पनि राजीनामाको मुडमा रहेकी छन् । नयाँ सभामुखका लागि नेकपाबाट पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, देव गुरुङ, अग्नि सापकोटालगायतको चर्चा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्