प्रधानमन्त्री ओली अस्पतालमा


काठमाडौँ, ३ पुस । प्रधानमन्त्री केपी ओलीको मिर्गौलाको प्रधानमन्त्री नियमित डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर सेन्टरमा राखिएको छ ।

प्रधानमन्त्री ओलीलाई नियमित डायलासिसका लागि बिहीबार अस्पताल लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएको छ ।

प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएता पनि ०६४ सालमा ओलीको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रधानमन्त्रीलाई मिर्गौला दिनका लागि दाताहरू समेत तयार अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्