पौडेल र सिटौलाको अनुपस्थितले नेपाली काँग्रेसको बैठक रोकियो


काठमाडौँ, २ पुस । नेपाली काँग्रेसले आज (बुधवार) का लागि तय गरेको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उपस्थित नभएपछि बस्दै नबसी स्थगित भएको छ ।

वरिष्ठ नेता पौडेल भने सभापति शेरबहादुर देउवाले महाधिवेशन गर्ने प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा नल्याएसम्म आफूहरू बैठकमा सहभागी नहुने अडान राख्दै बैठक नै बहिष्कार गरेर बसिरहेका छन् ।

पौडेल पक्षले आउँदो मङ्सिरमै महाधिवेशन गर्नुपर्ने अडान राखेको छ भने देउवा पक्ष २०७७ फागुनमा मात्र महाधिवेशन गर्ने बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्