काँग्रेस भित्र विवाद चर्किँदै : पौडेल समूहद्वारा केन्द्रीय समितिको बैठक बहिष्कार


काठमाडौँ, ३० मङ्सिर ।  विपक्ष दल नेपाली काँग्रेसकाले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिष्कार गरेको छ ।

सोमबार बस्ने बैठकमा संस्थापन पक्षसँग वार्तापछि शीर्ष नेताहरूबिच भएको छलफलले बैठकमा नजाने निर्णय गरेको छ । पौडेल पक्षले दिउँसो तीन बजे आफ्नो पक्षको बैठक बोलाएको छ । त्यसपछि सोमबार बिहान दुई पक्षको वार्ता समितिबिच कुराकानी भएको थियो । वार्ताका लागि उपसभापति विमलेन्द्र निधि पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका थिए ।

पौडेल समूहका एक नेता भने ‘कुराकानी सकारात्मक छ सहमतिका लागि प्रयास जारी राख्छौँ तर एउटा निर्णय नभएसम्म केन्द्रीय समितिको बैठकमा सहभागी हुदैनौं ।’
पौडेल समूहले १४ औँ महाधिवेशनको कार्यतालिकालाई पहिलो एजेन्डा बनाउनुपर्ने माग गर्दै बिहीबारबाट सुरु भएको केन्द्रीय समितिको बैठक बहिष्कार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्