प्रदेश नं. ५ को नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव


बुटवल, ३० मङ्सिर । प्रदेश–५ ले स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम लुम्बिनी र रुपन्देहीको सैनामैना, कपिलवस्तुको बुद्धभूमि वा दाङको भालुबाङ–लमही क्षेत्रलाई राख्न प्रस्ताव गरेको हो ।

प्रदेशका १२ वटै जिल्लाबाट आएका सुझाव र विज्ञ समितिको सुझावका आधारमा राजधानी सिफारिस गरिएको समितिका संयोजक दीपेन्द्रकुमार पुनले बताएको छ ।

लुम्बिनी नामकरण गर्ने विषयमा एकमतले सिफारिस गरिएको समितिले बताएको छ हाल प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवलमा सञ्चालन हुँदै आएको छ ।

समितिले बनाएको प्रतिवेदन पुसको दोस्रो साता सुरु हुने प्रदेश सभाको बैठकमा पेस गरेपछि राजधानी र नामकरण संसद्को दुई तिहाइ बहुमतले पारित गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्