पदक जित्ने खेलाडीलाई रकम दिने प्रधानमन्त्रीको घोषणा


काठमाडौँ ,२५ मङ्सिर । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने नेपाली खेलाडीलाई नेपाल सरकारले जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्माले बालुवाटारमा आयोजित कार्यक्रममा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । साथै रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्