प्रधानमन्त्रीद्वारा नेपाली खेलाडीलाई पुरस्कार घोषणाको तयारी


काठमाडौँ ,२५ मङ्सिर । नेपालमा भई रहेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता नेपाली खेलाडी, तिनका प्रशिक्षक र पदाधिकारीहरूलाई बुधवार बालुवाटार स्थित निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले बलाएको छ ।

दिउँसो सवा २ बजे प्रधानमन्त्रीले खेलाडीहरूलाई बधाई, सम्बोधन गर्नको साथै प्रोत्साहनस्वरुप पुरस्कारको घोषणा गरिने सचिवालयले बताए ।

नेपालले सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्दै दोस्रो भएको छ । अस्वस्थ भएको कारण सागमा सहभागी हुनु नसक्केपछि समापन समारोहको दिन मङ्गलवार भिडियो सन्देशमार्फत खेलाडीहरूलाई बधाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्