काठमाडौँ, २३ मङ्सिर । नेपाली बक्सिङ खेलाडी भूपेन्द्र थापाले जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेका छन् । यससँगै बक्सिङमा नेपालले दोस्रो स्वर्ण जितेको हो ।
थापाले ६४ किलो तौल समूहमा स्वर्ण पदक जितेका हुन । फाइनलमा भारतीय खेलाडी मनिष कौशिकलाई हराउँदै स्वर्ण पदक जितेका छन् । यसअघि नेपालकी मिनु गुरुङले पनि भारतीय खेलाडीलाई हराएर स्वर्ण जितेकी थिइन् । योसँगै नेपालको स्वर्ण पदकको सङ्ख्या ४७ पुगेको छ ।