काठमाडौँ, २३ मङ्सिर । नेपालले १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा २० वर्षपछि पहिलो स्वर्ण जितेको छ । नेपालकी खेलाडी मिनु गुरुङले सागको बक्सिङमा श्रीलकंन र भारतीयलाई हराउँदै स्वर्ण जितेकी हुन ।
लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सोमबार भएको फाइनलमा स्वर्ण जितेर मिनुले नयाँ कीर्तिमान राखेकी छिन ।
उनी सागमा स्वर्ण जित्ने पहिलो नेपाली महिला बक्सर बनेकी छन् । विगतको संकरणलाई हेर्ने हो भने सन् १९९९ मा काठमाडौँमै भएको सागमा पुरुष तर्फ प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेका थिए ।