फुटबलमा बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा प्रवेश : साग


काठमाडौँ, २२ मङ्सिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबल तर्फ नेपालले बंगलादेशलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा बंगलादेशलाई १–० गोलको अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको आइतबारको खेलमा मिडफिल्डर सुनिल बलले पहिलो हाफमा गरेको एक गोल नै निर्णायक बन्न पुग्यो । खेलको ११ औँ मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिलले गोल गरेका हुन ।

राउन्ड रोविनको लिगको आधारमा भइरहेको खेलमा तालिका शीर्ष स्थानमा रहँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपालको जितसँगै १० अङ्क भएको छ । भने यसअघि नै फाइनल प्रवेश गरिसकेको भुटानको ९ अङ्क रहेको छ ।

https://youtu.be/OkVDmZcirHM?t=1

प्रतिक्रिया दिनुहोस्