नेपालकी पौडी खेलाडी गौरिकाले जितिन तेस्रो स्वर्ण जिते


काठमाडौँ, २२ मङ्सिर ।  नेपालकी पौडी खेलाडी गौरिका सिंहले तेस्रो स्वर्ण जितेकी छन् । गौरिकाले भारतीय खेलाडीलाई ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् ।

गौरिकाले भारतीय खेलाडी सिभांगी शर्मालाई एक सेकेन्डले पछि पार्दै तेस्रो स्वर्ण जितेकी हुन् । गौरिकाले ४ मिनेट २५.२८ सेकेन्डमा निर्धारित दुरी पार गरेकी छन् । भारतीय शर्माले निर्धारित दुरी ४ मिनेट २६.२२ सेकेन्डमा पूरा गर्दै दोस्रो भएकी छन् भने श्रीलङ्काकी नुलरा रामुडीले ४ मिनेट ४१.९१ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भएकी छन् ।

यसअघि गौरिकाले २ सय मिटर फ्रिस्यायल र ब्याकस्टोकमा स्वर्ण जितेकी थिइन् । गौरिकाले फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान समेत कायम गरेकी थिइन् ।

सन् २०१८ को राष्ट्रिय खेलकुदमा आफैले बनाएको रेकर्ड सुधार गरेकी थिइन् । उनले फ्रस्टायलतर्फ २ मिनेट ०५.०६ मिनेटमा दुरी पार गरेकी थिइन् । यसअघि उनले उक्त रेकर्ड २ मिनेट ०९.१९ को कायम गरेकी थिइन् । जारी सागमा गौरिकाको यो तेस्रो स्वर्ण हो ।

https://youtu.be/7B-rufzefTk

प्रतिक्रिया दिनुहोस्