सागमा नेपाललाई म्याराथनमा थप स्वर्ण पदक : नेपालको ४२ स्वर्ण (सुचिसहित)


काठमाडौँ , २१ मङ्सिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले म्याराथनमा थप स्वर्ण पदक जितेको छ । शनिवार किरणसिंह बोगटीले म्याराथनमा स्वर्ण पदक जितेका हुन ।

किरणले भारतीका खेलाडी रसपाल सिंहलाई पछि पार्दे स्वर्ण दिलाएका हुन् । उनले निर्धारित दुरी २ घण्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गरे थिए भने भारतका सिंहले २ घण्टा २१ मिनेट ५६ सेकेन्डमा दुरी पूरा गर्दै रजत पदक पाएका छन् । कांस्य पनि भारतका श्रे सिंहले २ घण्टा २२ मिनेट ६ सेकेन्डमा दुरी पूरा पाएका छन् ।

यससँगै दक्षिण एसियाली क्षेत्रको म्याराथनमा नेपालले दबदबा कायम राखेको छ । विगतमा वैकुण्ठ मानन्धरको तीन तथा टिका बोगटी र राजेन्द्र भण्डारी १–१ पदकसँगै नेपालले ५ स्वर्ण जितिसकेको थियो ।

जारी सागमा एथलेटिक्सबाट नेपालले जितेको तेस्रो पदक हो । योसँगै नेपालले समग्रमा जारी सागमा ४२ औँ स्वर्ण भएको छ ।

स्वर्ण पदक जित्ने खेलाडी

१. कराते (एकल काता) मण्डेकाजी श्रेष्ठ
२. कराते (टिम काता, पुरुष) मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रवीण मानन्धर
३.कराते (टिम काता, महिला) निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते (५५ केजी) लक्ष्मण तामाङ
५.कराते(८४ केजीमाथि) (विप्लवलाल श्रेष्ठ
६.कराते (४५ केजी मुनी) (कुसुम खड्का
७.कराते (५० केजी मूनि) (अनु अधिकारी
८.कराते (६७ केजी)(नवीन रसाइली
९.कराते (६८ केजी) (सुनिता महर्जन
१०. कराते (६८ केजी) (अनुपमा मगर
११.तेक्वान्दो पुम्से (२३(२९ वर्ष ) कमल श्रेष्ठ
१२.तेक्वान्दो पुम्से ( १७(२३ वर्ष ) (सिना मादेन लिम्बु
१३.तेक्वान्दो पुम्से (२३(२९ वर्ष ) पार्वती गुरुङ
१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) आयशा शाक्य
१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) (आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१६.पुम्से महिला टिम (१७(२३ वर्ष) निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७.पुम्से महिला टिम (२३(२९ वर्ष) निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई
१८. तेक्वान्दो (४६ केजी मुनि) (काजल श्रेष्ठ
१९. तेक्वान्दो (६८ केजी मुनि) वीरबहादुर महरा
२०.ट्रायथलन सोनी गुरुङ
२१.डुवाथोलन हिमाल टमाटा
२२. उसु (थाउलो) विजय सिन्जाली
२३. उसु (थाउलो) सुस्मिता तामाङ
२४. उसु (थाउलो) (दीपक हमाल
२५.एथलेटिक्स (१० हजार मिटर) (सन्तोषी श्रेष्ठ
२६. साइक्लिङ (डाउनहिल) राजेश मगर
२७. साइक्लिङ (डाउनहिल) निश्मा श्रेष्ठ
२८. तेक्वान्दो (६२ केजी मुनि) संगीता बस्याल
२९. तेक्वान्दो (८७ केजी ) सक्षम कार्की
३०. उसु (थाउलो(नान्दौ) निमा घर्तीमगर
३१. साइक्लिङ (क्रस कन्ट्री) लक्ष्मी श्रेष्ठ
३२. साइक्लिङ (क्रस कन्ट्री) (बुद्धिबहादुर तामाङ
३३. पौडी (२०० मिटर फ्रिस्टाइल)– गौरीका सिंह
३४. तेक्वान्दो (८७ केजी) भुपेन श्रेष्ठ
३५. भारोत्तोलन (५९ केजी) सन्जु चौधरी
३६. उसु (५६ केजी) जुनी राई
३७. एथलेटिक्स (५ हजार मिटर दौड) गोपीचन्द्र पार्की
३८. गल्फ (एकल) सुवास तामाङ
३९. गल्फ (टिम) पुरुष टिम
४०. भारोत्तोलन (८९ केजी) विकास थापा
४१. पौडी २००मिटर ब्याकस्ट्रोक (गौरीका सिंह)
४२. म्याराथन : किरण सिंह बोगटी

प्रतिक्रिया दिनुहोस्