नेपाललाई ५००० मिटर दौडमा स्वर्ण र कांस्य पदक : नेपालको ३७ स्वर्ण


काठमाडौँ, २० मङ्सिर । नेपालले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ५००० मिटर दौडमा स्वर्ण पदक जितेको छ । शुक्रवार बिहान भएको खेलमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका हुन् ।

पार्कीले १४ मिनेट ५४.२० सेकेन्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण जितेका छन् । कांस्य पदक पनि नेपालले नै जितेको छ । हरि रिमालले कांस्य जितेका हुन् ।

त्यस्तै रजत पदक भने भारतले जितेको छ । भारतका सुनिल दवालले १४ मिनेट ५५.२१ मा दुरी पार गर्दै रजत पदक जितेका हुन् । अहिले सम्म नेपालले ३७ स्वर्ण पदक जितेको छ ।

प्रतिक्रिया दिनुहोस्