साग खेल आज कुन कहाँ हुने ?


काठमाडौँ, २० मङ्सिर । नेपालमा भइरहेको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौँ दिन १९ खेलहरू विभिन्न स्थानहरूमा हुँदै छन् ।

सातदोबाटो स्थित नेसनल कराँते एकेडेमीमा बक्सिङ स्क्वास, कीर्तिपुरको कभर्डहलमा फेन्सिङ, जनकपुरमा कुस्ती खेल सञ्चालन हुने भएको छ ।

साथै काठमाडौँमा एथलेटिक्स, पौडी, बास्केटबल, गल्फ, साइक्लिङ, क्रिकेट, सुटिङ, कबड्डी, टेबल टेनिसका खेलहरू सञ्चालन हुने भएको छ ।
ब्याडमिन्टन, महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन बिच, भलिबल, आर्चरी र ह्यान्डबलका खेल पोखरामा हुने भएको छ ।

सातदोबाटो स्थित हुने बक्सिङमा पहिलो दिन नेपालका खेलाडी ४९ केजीमा सुशील थापा, ६० केजीमा नील शाह, ६४ केजीमा भूपेन्द्र थापा मगर र ७५ केजीमा दीपक श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएको छ ।

क्रिकेट खेलमा नेपालले टीयू मैदानमा दिउँसो १ बजे मालदिभ्ससँग खेल्ने भएको छ । ७ इभेन्टमा स्वर्ण पदकका लागि पौडीमा प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्