पौडीमा नेपालको नयाँ राष्ट्रिय कीर्तिमान


काठमाडौँ, १९ मङ्सिर ।  सातदोबाटो स्थित पौडी पोखरीमा १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीबाज एलेक्स शाह र डुवाआ लामाले नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ ।

पौडी खेलमा २०० मिटर फ्रि स्टाइल पुरुषमा शिरीष गुरुङको कीर्तिमान तोडेका हुन् । उनले निर्धारित दुरी २ मिनेट २ दशमलव ३० सेकेन्डमा पुरा गरेको छ । यसअघि शिरीषले १२औं फिना वल्र्डकप २०१४ मा २ मिनेट ६ दशमलव ३५ सेकेन्डको रेकर्ड रहेको थियो ।

महिला तर्फ बिहीबार नै २०० मिटर ब्रेस्टस्ट्रोकमा डुआनाले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । उनले निर्धारित दुरी २ मिनेट ४८ दशमलव ५७ सेकेन्डमा पुरा गरेकी छिन् । नेपालगन्जमा भएको आठौँ राष्ट्रिय खेलकुदमा डुआनाको नाममा २ मिनेट ५५ दशमलव ०९ सेकेन्डको रेकर्ड रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्